एक चिनियाँ क्रेन कम्पनी हेनान माइनिङ क्रेन को लिमिटेड अहिले अनलाइन दुनियाँमा चर्चामा आइरहेको छ। यसको कारण हो कम्पनीले कर्मचारीलाई बोनस बाँड्न अपनाएको शैली।
एउटा लामो टेबलमा ११ मिलियन अमेरिकी डलर अर्थात् नेपाली झण्डै डेढ अर्ब रुपैयाँ फिँजाएर उक्त कम्पनीले कर्मचारीलाई आफूले टिप्न सकेको पैसा लिन १५ मिनेटको समय दिएको भिडिओ भाइरल भएको हो।
एजेन्सीहरुका अनुसार कम्पनीको वर्षान्तमा लाभांश वितरणको रुपमा यस्तो शैली अपनाइएको थियो। जुन कर्मचारीका लागि निकै अनौठो र रोचक अनुभव बन्न पुग्यो।
अहिले कर्मचारीले टेबलबाट पैसा टिपेका भिडिओहरु चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। डाउयिन र वेइबोजस्ता सामाजिक सञ्जालमा यो भिडिओ भाइरल भएको बताइएको छ।
फुटेजमा कर्मचारीहरु पैसा टिप्न तँछाडमछाड गरिरहेको देख्न सकिन्छ। १५ मिनेटको समयमा एक कर्मचारीले १ लाख युआन अर्थात् १९ लाख २८ हजार २२५ रुपैयाँ बटुल्न सफल भएका थिए।
— China Perspective (@China_Fact) January 26, 2025At #Henan Mine Crane Group's annual meeting, the boss handed out cash to employees and had them count the money! 💵👏 pic.twitter.com/EsbI399QYk
कम्पनीको बोनस बाँड्ने यो शैलीबारे सामाजिक सञ्जालमा आलोचना र प्रशंसा दुवै भएको बताइएको छ।
तर कम्पनीले पहिलोपटक यसो गरेको भने होइन। सन् २०२३ मा कम्पनीले वार्षिक समारोहका दौडान पनि धेरै ठूलो परिमाणमा पैसा बाँडेको थियो।
Shares

प्रतिक्रिया