कारोबार


सीओपीडीमा जागरूकता बढाउन नयाँ मानक स्थापना

सीओपीडीमा जागरूकता बढाउन नयाँ मानक स्थापना

नेपालखबर
माघ १७, २०८१ बिहिबार १७:१२, काठमाडौँ

सिप्लाको ‘टेक चार्ज - आई प्लेज’ अभियानले ६ देशका ४ हजार ३५० डाक्टरहरूलाई संलग्न गराएर क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) मा जागरूकता बढाउन नयाँ मानक स्थापित गरेको छ।  

यो उपलब्धिलाई एशिया बुक अफ रेकर्ड्सले सीओपीडी जागरूकताका लागि सबैभन्दा धेरै डाक्टरलाई संलग्न गराएको अभियानको रूपमा मान्यता दिएको छ।

सिप्ला लिमिटेडका अनुसार यसको इमर्जिङ मार्केट्स एन्ड यूरोप बिजनेस युनिट (ईएमईयू) ले एशिया बुक अफ रेकर्ड्समा नयाँ कीर्तिमान राख्न सफल भएको छ । 

‘सीओपीडी जागरूकता महिना’ मा सिप्लाले नेपाल, म्यानमार, श्रीलंका, मलेशिया, ओमान र यूएईका गरी कुल ४,३५० डाक्टरहरूलाई सीओपीडी बारे जागरूक बनाउन प्रतिज्ञा अभियानमा संलग्न गराएको थियो। 

यसमा स्वास्थ्यकर्मी, बिरामी र हेरचाहकर्ताहरूको बीचमा अर्थपूर्ण संवाद प्रवर्द्धन गर्न र सिप्लाको श्वासप्रश्वास रोग जागरूक प्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने लक्ष्य राखिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad