राजनीति


माओवादीले भन्यो : सदनमा अध्यादेश अस्वीकार गर्छौँ, जनताका आवाज उठाउँछौँ

माओवादीले भन्यो : सदनमा अध्यादेश अस्वीकार गर्छौँ, जनताका आवाज उठाउँछौँ

माओवादी प्रमुख सचेतक हितराज पाण्डे


नेपालखबर
माघ १७, २०८१ बिहिबार १७:१९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल  नेकपा (माओवादी केन्द्र) ले शुक्रबार सुरु हुने संसद्को हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

प्रमुख सचेतक हितराज पाण्डेले सरकारले ल्याएको अध्यादेश आवश्यक नरहेको र सरकारले छिटोभन्दा छिटो जनतालाई डेलिभरी दिने भनेर ल्याएको विधेयकको विधि प्रक्रिया नमिलेको बताए। 

उनले सरकारले ल्याएको ६ वटा अध्यादेश प्रक्रियागत हिसाबमा नै बैठिक रहेको बताए। मूल्यवृद्धी बढेको र सरकार बन्दा भनेका कुराहरु लागू गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ।

‘संसदको हिउँदे अधिवेशनलाई व्यवस्थित, प्रभावकारी कसरी बनाउने र हाम्रो दल अहिले प्रमुख प्रतिपक्ष दल भएकाले दुई वटा जिम्मेवारी छन्। हाम्रो दुई वटा जिम्मेवारी छ। आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज उठाउने ?,' उनले भने, 'अन्य विपक्षी दललाई लिएर हाम्रा मत एकता हुनसक्ने विषयमा सामुहिक रुपमा आवाजलाई बुलन्द गर्ने र यी दुवै जिम्मेबारी व्यवस्थित गर्न लामो छलफल भएको छ।’

माओवादी केन्द्रले जनजीविकाका कुराहरु उठाएर सशक्त रुपमा सदनमा प्रस्तुत हुने निर्णय भएको बताए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad