कारोबार


चितवनमा राष्ट्रिय डेरी महोत्सव गरिँदै

चितवनमा राष्ट्रिय डेरी महोत्सव गरिँदै

फाइल तस्बिर


रासस
माघ १६, २०८१ बुधबार १४:५१, चितवन

चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव यही माघ २५ गतेदेखि सञ्चालन गर्न लागिएको छ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र उद्योग सङ्घको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।

विदेशमा डेरीका परिकारहरुको महोत्सव हुने गरेको भए पनि नेपालमा पहिलो पटक महोत्सवका रुपमा दुध र दुग्धजन्य वस्तुको वजार प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष किशोर बगालेले जानकारी दिए।

उनका अनुसार दुधको बजार राम्रो नभएको र भूक्तानी समयमा नआएको विषयलाई मध्यनजर गरेर महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा ७० व्यापारिक कक्ष (स्टल) रहनेछन् । त्यहाँ दुग्ध व्यवसायमा लगानी गर्ने सङ्घ–संस्था, डेरी सम्बन्धी उत्पादन, अन्तर्राष्ट्रिय स्तरका सङ्घ–संस्थाहरुको सहभागिता रहने उनले जानकारी दिए। 

माघ २५ देखि २७ गतेसम्म हुने महोत्सव दुधको बजार प्रवर्वद्धन र व्यावसायिकीकरण गर्न सहयोगी बन्ने उनले बताए।

महोत्सवमा दुध र दुग्धजन्य उत्पादनको बजारीकरण कसरी गर्ने भन्ने विषयमा समूहगत छलफल हुनेछ । महोत्सव उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad