कारोबार


यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त

यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त

नेपालखबर
माघ ११, २०८१ शुक्रबार २०:३६, काठमाडौँ

खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फुड्स प्रा.लि. ले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको छ।

शुक्रबार काठमाडौँको सोल्टीमोडस्थित हायात सेन्ट्रिकमा एक सम्मान समारोहको आयोजना गरी यशोदा फूड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले खादा र फूलको गुच्छा सहित शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरेका थिए।

समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

ग्लोबल कार्यकारी निर्देशकको पदमा जीपी शाहको नियुक्तिसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ।

उनले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्ने कम्पनीको विश्वास छ।

ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका शाहले व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार बृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिंग, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा बृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि ख्यातिप्राप्त व्यक्तित्व हुन्।

रेभिन्यूमा निरन्तर वार्षिक बृद्धि, नाफाका साथै ईन्टरप्राइजको भ्यालु एडिशनका लागि प्रमाणित ट्रयाक रेकर्डका लागि पनि उनी विशेष परिचित छन्। उनको अनुभव तथा विशेषज्ञता प्रडक्शन, ईञ्जिनियरिंग, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिंग, अन्तर्राष्ट्रिय बजार बिस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिंग तथा एडभरटाइजिंग लगायत रहेका छन्।

उनको व्यवसायिक करियर अन्तर्गत उनले ख्यातिप्राप्त कन्जुमर गुड्स ब्राण्डहरु जस्तै चाउचाउ, एक्स्क्रुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसलाहरु, ईन्स्ट्यान्ट पास्टा, सिगरेट, फलफूल जन्य पेय पदार्थ, ईनर्जी ड्रिंक्स तथा वियरका श्रेणीहरु समेत रहेका छन्।

‘यशोदा फूड्स प्रा. लि. सँग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु मेरो लागि ठूलो सम्मान तथा गौरवको विषय हो। गुणस्तर र नवप्रबद्र्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यस कम्पनीसँग आफ्नो यात्रा अगाडी बढाउन पाउँदा म निकै उत्साहित छु’ समारोहमा आफ्नो मन्तब्य राख्दै उनले भने, ‘कम्पनीको भिजनलाई आत्मसात गर्दै, कम्पनीलाई थप सफलता र उचाईँमा पुर्‍याउने म मेरो हार्दिक प्रतिवद्धता व्यक्त गर्दछु।’

अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापुर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad