कारोबार


२०२४ सम्म दीगो विकासका लक्ष्य ४२ प्रतिशत मात्रै पूरा

२०२४ सम्म दीगो विकासका लक्ष्य ४२ प्रतिशत मात्रै पूरा

नेपालखबर
माघ १०, २०८१ बिहिबार १७:२१, काठमाडौँ

२०२४ सम्म दीगो विकासका लक्ष्य करिब ४२ प्रतिशत मात्रै पूरा भएको छ। सन् २०१६ सम्म दिगो विकासका लक्ष्य पूरा गर्ने प्रतिवद्धता गरेपनि ४१।७  प्रतिशत मात्रै लक्ष्य हासिल गरेको हो।

राष्ट्रिय योजना आयोगले १६औं विकास योजनाको कार्यान्वयन कार्ययोजना तयार गर्दा दिगो विकास लक्ष्यको स्थानीयकरण र अतिकम विकसित देशवाट स्तरोन्नति हुने प्रक्रियालाई प्राथमिकताका दिएको जनाएको छ।

आयोगले १६औं विकास योजना, एसडीजी, र एलडीसी ग्राजुएसन अलग–अलग रूपमा मात्र कार्यान्वयन हुने होइनन्, यी परस्पर अन्तर्क्रियात्मक छन् र एकअर्कालाई सहयोग गर्ने गरी विकसित गरिएको उल्लेख गरेको छ।

१६ औं योजनाको कार्यन्वयनमा श्रोतको उपयोग र प्राविधिक कुशलता सुनिश्चित गर्न ध्यान केन्द्रित गरिएको छ। योजनाले संघीय, प्रादेशिक, र स्थानीय सरकारबीचको समन्वयलाई बलियो बनाउँदै योजनाको सफल कार्यान्वयनमा योगदान दिने उद्देश्य राखेको छ।

१६ औं योजना कार्यन्वयन गर्न तीन तहका सरकारबीचको समन्वय र सहकार्य, योजनाहरूको एकीकरण र अन्तरसम्बन्ध, समानता र न्यायको सुनिश्चितताको आधारमा कार्ययोजना बनाउँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad