कारोबार


९९ किलोवाटमा केई एक्स-३ प्रो नेपालमा, सुरुवाती मूल्य कति?

९९ किलोवाटमा केई एक्स-३ प्रो नेपालमा, सुरुवाती मूल्य कति?

नेपालखबर
माघ १०, २०८१ बिहिबार ११:२, काठमाडौँ

केई मोटर्सको ९९ किलोवाट मोटर पावरमा केई एक्स-३ प्रो ईभी नेपालमा उपलब्ध भएको छ।

केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले ल्याएको अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स-३ प्रोको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

तर यो अफर केही अवधिका लागी मात्र लागू हुने कम्पनीले जनाएको छ। कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुनेछ।

एक्स-३ प्रो एक इलेक्ट्रिक सवारीसाधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगमसमेत हो। यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ।

यसले सिंगल चार्जमा ३७० किलोमिटर (एनईमडीसी) सम्मको रेन्ज दिन्छ। यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ। यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ। त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। 

एक्स-३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ भने यसको ह्विलबेस २६३२ एमएम छ। यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ। 

केई एक्स-३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी-लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ। यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ। 

विभिन्न पाँच कलर अप्सनमा केई एक्स-३ प्रो ईभी उपलब्ध हुनेछ। केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगन्ज, दाङ, भैरहवा, भरतपुर, हेटौँडा, दमक र बिरतामोडस्थित नौवटा सोरुम राखेको छ। थप जानकारीका लागि ९८०१२०११०३ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। 

पेट्रोलियम इन्जिन र ईभी दुवैमा काम गरिरहेको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन्। यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यिविन सिटीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad