कारोबार


सिजी मोटर्सले भित्र्यायो आयन भी, सुरुवाती मूल्य ६५ लाख (तस्बिरहरू)

सिजी मोटर्सले भित्र्यायो आयन भी, सुरुवाती मूल्य ६५ लाख (तस्बिरहरू)

सरोज बैजु
माघ ९, २०८१ बुधबार ११:५१, काठमाडौँ

सीजी मोटर्सले आयनको भी मोडल औपचारिक रूपमा सार्वजनिक गरेको छ। चिनियाँ ब्रान्डको आयनले मंगलबार एक कार्यक्रम गर्दै गाडी सार्वजनिक गरेको हो। 

उद्घाटन कार्यक्रमलाई चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले उद्घाटन गरे।कार्यक्रमका मुख्य वक्ता ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टले नेपालमा  सफलता प्राप्त गरेको बताएका छन्। 

आयन भी उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ। 

दुई भेरियन्टमा उपलब्ध आयन भीले प्रत्येक यात्राको लागि उत्कृष्ट प्रदर्शन, आरामदायी सुविधाहरू प्रदान गर्दछ। एलीट भेरियन्ट्ले ५२० किलोमिटरको रेन्ज प्रदान गर्दछ, जुन ६२.७ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रिबाट सञ्चालित छ, जसले उत्कृष्ट कार्यक्षमता र भरपर्दो प्रदर्शन दिन्छ। 

आयन भी को मूल्य इलाइटको ६४ लाख ९९ हजार राखेको छ भने लक्जरी भर्जनको ६९ लाख ९९ हजार राखेको छ। 

लामो यात्रा चाहनेहरूका लागि, लक्जरी भेरियन्टले ६५० किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्दछ, जसमा यस सेग्मेन्ट्को सबैभन्दा बढी ७५.३ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रि समावेश छ। 

लक्जरी भेरियन्ट्मा पहिलो पटक यस सेग्मेन्टको गाडीमा ड्राइभर र को (ड्राइभर बस्ने यात्रुका लागि आठ पोइन्ट् मसाज सिट र आर्मरेस्टमा इन–बिल्ट फ्रिज समावेश गरिएको छ, जसले लामो यात्रामा आराम सुनिश्चित गर्दछ। दुवै भेरियन्ट्ले असाधारण प्रदर्शन मात्र नभई, उच्च सुरक्षा सुविधाहरू पनि प्रदान गर्दछ। 

यसमा १५ विभिन्न स्मार्ट ड्राइभिङ् फक्शन, म्यागजिन ब्याट्रि, ७ एयरब्यागहरू, र फराकिलो तथा आरामदायी इन्टेरियर समावेश छ। यो एसयूभीले ५–स्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ, जसले यसको उत्कृष्ट सुरक्षा क्षमतालाई प्रमाणित गर्दछ। 

साथै, स्मार्ट टेलगेट ओपनिङ, ड्राइभ क्ष

मता बढाउन इनडसट्रि, अग्रणी हीट पम्प, र ड्राइभर तथा अगाडिको यात्रुको लागि हिटेड र भेन्टिलेटेड सिटजस्मा सुविधाहरूले थप उचाइमा पुऱ्याउँदै यसलाई यसको वर्गमा एक विशेष विकल्प बनाएको छ। 

नेपालको २४० स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad