कारोबार


कजारिया रमेश टायल्सको ‘पार्टनर्स मिट’ : सिरेमिक वाल टायल सार्वजनिक

कजारिया रमेश टायल्सको ‘पार्टनर्स मिट’ : सिरेमिक वाल टायल सार्वजनिक

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १८:१४, काठमाडौँ

कजारिया रमेश टायल्स लिमिटेडले डिलर्स मीट आयोजना गरेको छ। काठमाडौँ म्यारियट होटलमा आयोजित सो कार्यक्रममा नेपालभरिबाट १०० भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थित भएर सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सम्वाद गरेका छन्। साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने योजना व्यक्त गरे।

कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०गुणा ६० सिएम सिरेमिक वाल टायलको सार्वजनिक प्रदर्शन थियो।

आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतिको उदाहरण प्रस्तुत गरेको छ। नेपालमा पहिलो पटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिश डिजाइनहरू ल्याउँदै छ।

कजारिया रमेश टायल्स लिमिटेडले डिलरहरूका लागि अर्डर बुकिङ योजना सुरू गरेको छ, जसमा अर्डर गर्ने डिलरहरूलाई सुन र चाँदीका पुरस्कार दिइनेछ।

कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ, जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्याण्डको र ६ जना डिलरलाई सिंगापुरको लागि  टिकट वितरण गरिएको छ।

यस कार्यक्रमले कजारिया रमेश टायल्स लिमिटेडका लागि डिलर नेटवर्कलाई अझ मजबुत बनाउन र नेपालमा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई बलियो बनाउने नयाँ अध्यायको सुरुवात गरेको छ।

कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र कजारिया सिरेमिक्सको संयुक्त उपक्रमले, नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल फ्याक्ट्री निर्माण गर्दैछ जसमा रु.४०० करोडको लगानी गरिएको छ। यो फ्याक्ट्रीमा स्थानीय सामग्रीहरुको प्रयोग गरी वार्षिक ८० लाख वर्ग मिटर टायल उत्पादन गरिनेछ।

यसले नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने, अर्थतन्त्रलाई विकास गर्ने, हजारौं रोजगारको अवसर सिर्जना गर्ने र विश्वस्तरीय टायल्स उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad