कारोबार


एनआईसी एसिया बैंक सञ्चालक समितिबाट वित्तीय विवरण स्वीकृत

एनआईसी एसिया बैंक सञ्चालक समितिबाट वित्तीय विवरण स्वीकृत

नेपालखबर
माघ ३, २०८१ बिहिबार १६:३८, काठमाडौँ

एनआईसी एसिया बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गरेको छ।

पुस २९ गते सम्पन्न सञ्चालक समितिको ६९४औं बैंठकले बैंकको वित्तिय विवरणहरूमाथि छलफल गरी स्वीकृत गर्नुका साथै सो को अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ।

बैठकले आ.व. २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad