कारोबार


इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

नेपालखबर
पुस २९, २०८१ सोमबार २२:१०, काठमाडौँ

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रुपमा स्थापित इसेवा लि. ले आर्थिक वर्ष २०८०/८१ को आफ्नो १२ औँ वार्षिक साधारण सभा आज १३ जनवरी, २०२५ (२०८१ पुस २९) मा सम्पन्न गरेको छ।

उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आ.व. २०८०।८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने र नगद लाभांस वितरण गर्ने सम्बन्धमा समेत छलफल भएको थियो।

मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीसँगै इजी लोन, इ स्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरुको पनि थालनी गरेको छ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् भने हालको समयमा १ करोड ३० लाख भन्दा बढी इसेवा प्रयोगकर्ता र करिब २ लाख ८० हजार एजेन्टहरु रहेका छन्।

उक्त कार्यक्रममा इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख अधिकृत जगदीश खड्का, तथा संचालक समितिका सम्पूर्ण सदस्यहरुले उपस्थिती जनाएका थिए।

उक्त कार्यक्रममा बोल्दै इसेवाका कार्यकारी प्रमुख जगदीश खड्काले नेपालमा नै पहिलो पटक प्रयोगकर्ताद्वारा निर्देशन अनुसार सिमित विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबोट ई भीयाका साथै एजेन्ट लोन दिने सेवाबाट सुरु भएको नयाँ आयामको बारे बताए।

आगामी दिनहरुमा बचत र लगानी जस्ता नवीनतम सेवाहरु पनि ल्याएर आफ्ना ग्राहकको हित र सहज वित्तीय व्यावस्थापनको लागि कार्यारत रहने कुरा पनि प्रमुख कार्यकारी अधिकृत खड्काले सोहि कार्यक्रममा प्रष्ट पारेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad