कारोबार


भारतमा स्वीकृति पाउने संघारमा रहेको स्टारलिंकको डिभाइस सशस्त्र समूहसँग भेटियो

मस्क भन्छन्– यो झूठो हो, स्याटेलाइट बिम भारतमाथि ‘अफ’ छ
भारतमा स्वीकृति पाउने संघारमा रहेको स्टारलिंकको डिभाइस सशस्त्र समूहसँग भेटियो

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८१ सोमबार १३:५३, काठमाडौँ

भारतमा चाँडै स्वीकृति पाउने चरणमा रहेको खर्बपति इलोन मस्कको इन्टरनेट प्रविधि स्टारलिंकका डिभाइसहरु भेटिएका छन्। 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार युद्धरत पक्षबाट भारतीय सेनाले छापामारीका क्रममा स्टारलिंक डिभाइसहरु भेटेको हो। 

योसँगै स्टारलिंकलाई थप झट्का लागेको छ भने भारत सरकारको समेत यो टाउको दुःखाइ बनेको टाइम्स अफ इन्डियाले जनाएको छ। 

त्यसमाथि स्टारलिंकले भारत सरकारले मागेको जवाफ दिन अस्वीकार गरेको छ। कम्पनीले ग्राहकको निजी गोपनीयता भन्दै यसबारे जवाफ दिन नमानेको हो। 

उता स्टारलिंकका मालिक इलोन मस्कले भने यसलाई सरासर झूठो भएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘यो झूठो हो। भारतमाथि स्टारलिंकको स्याटेलाइट बिम नै अफ गरिएको छ।’ 

भारतको मणिपुरमा स्टारलिंक स्याटकम डिभाइसहरु भेटिएको बताइएको छ। भारतीय सेनाको आसाम राइफल्सले मणिपुरका सशस्त्र समूहबाट डिभाइस बरामद गरेको जनाइएको छ। यसलाई भारतीय गृह मामिला मन्त्रालयले गम्भीर रुपमा लिएको र थप अनुसन्धानको कदम अघि बढाउने देखिएको छ। 

यो घटनापछि अबको केही दिनमै स्टारलिंकले स्वीकृत पाउन सक्ने भनिएकोमा अब कम्पनीलाई पनि थप झट्का लागेको छ। भारतीय सरकारले सशस्त्र समूहसम्म स्टारलिंकको पहुँच पुग्नु गम्भीर रहेको बताएको छ। कसले किन भित्र्यायो भनी सोधेको जवाफ समेत नपाएपछि भारत सरकारले चाँडै स्टारलिंकलाई अनुमति दिने सम्भावना पनि क्षीण बनेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad