गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले झन्डै १ वर्षपछि सर्वसाधारणका लागि सेयर (आईपीओ) खुला गरेको छ।
गार्डियन इन्स्योरेन्सले आज (आइतबार) देखि आईपीओ निष्कासन गरेको हो।
यसअघि वैदेशिक श्रमिकका लागि मात्र सेयर खुलाएको कम्पनीले आजबाट सर्वसाधारणका लागि पनि खुला गरेको हो।
कम्पनीले कूल १८ लाख ४५ हजार कित्ता सेयर आज निष्कासन गरेको हो।
कूल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिएकामा वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी साढे १८ लाख कित्ता सर्वसाधारणका लागि खुलाएको हो।
आईपीओमा एक सय अंकित मूल्यका दरले कम्तीमा १० कित्ता र अधिकतम १ लाख कित्ता लागि आवेदन दिन सकिनेछ।
रेटिङअनुसार कम्पनी मध्यम जोखिमपूर्ण छ। रेटिङ कम्पनी केयर रेटिङ नेपाल लिमिटेडबाट कम्पनीले बीबी माइनस रेटिङ प्राप्त गरेको हो।
आवेदन पुस २४ गतेसम्म खुला रहने जनाइएको छ।
Shares

प्रतिक्रिया