नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले कर्जा असुलीमा अपेक्षित सुधार नभएको बताएका छन्।
बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)को पाँचौँ साधारणसभामा बोल्दै उनले कर्जा असुलीमा सुधार नभएकोमा चिन्ता व्यक्त गरेका हुन्।
यसले बैंकहरुको निष्क्रिय कर्जा थप बढ्ने उनको भनाइ छ।
उनले भने, ‘कर्जा असुलीमा अपेक्षित सुधार भएको छैन। यसले आगामी त्रैमासिकमा निष्क्रिय कर्जा बढेर आउने सम्भावना छ।’
ब्याज मात्रैको आम्दानीमा सीमित नहुन उनले बैंकहरुलाई पनि सुझाव दिए।
बैंकहरुले अन्य आम्दानी पनि हेर्नुपर्नेमा उनको जोड थियो।
सरकारले सहुलियत कर्जाको अनुदान नदिँदा पनि कर्जा प्रवाह निरन्तर घटिरहेको उनले बताए।
201
Shares

प्रतिक्रिया