नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ दुवाकोटमा मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुनेछ।
यो नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) को १७ औं एक्सटेन्सन काउन्टर हो। ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित स्थापना भएकाे बैंकले जनाएको छ।
एनआईबीएलले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
यो बैंकले अनुकरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म बैंक अफ द इयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीद्वारा ‘बेस्ट बैंक–२०१८’ युरोनोमी अवार्ड प्राप्त गरिसकेको छ।
यसका साथै, इक्रा नेपाल (इन्टरनेसनल क्रेडिटरेडिङ एजेन्सी–नेपाल) द्वारा ए प्लसको क्रेडिट रेटिङ पनि प्राप्त गरिसकेको छ।

प्रतिक्रिया