कारोबार


अजरबैजान एयरलाइन्सको ६७ यात्रु बोकेको जहाज काजकस्तानमा दुर्घटना

अजरबैजान एयरलाइन्सको ६७ यात्रु बोकेको जहाज काजकस्तानमा दुर्घटना

नेपालखबर
पुस १०, २०८१ बुधबार १३:५५, काठमाडौँ

काजकस्तानमा यात्रु बोकेको अजरबैजान एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ। 

स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार जहाजमा सुरुमा आगो देखिएको र त्यसपछि अकताउ सहरनजिकै खसेको हो। 

प्रारम्भिक रिपोर्टहरुका अनुसार केही यात्रुहरुको जीवितै उद्धार गरिएको काजकस्तानले जनाएको छ। 

के कारणले दुर्घटना भयो भन्ने खुल्न सकेको छैन। सीएनएनका अनुसार जहाजमा ६२ यात्रु र ५ जना चालकदलका सदस्य थिए। 

अजरबैजान एयरलाइन्सले उडान नम्बर जे२-८२४३ को इम्ब्रायर १९० एयरक्राफ्ट अजरबैजानको राजधानी बाकुबाट रुसी चेचेन्या क्षेत्र ग्रजनीका लागि उडेको जनाएको छ।

जहाजले अकताउबाट ३ किमि टाढा आकस्मिक अवतरण गरेको सीएनएनले जनाएको छ। 

यसबारे थप विवरण आउन बाँकी रहेको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad