कारोबार


खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन, स्थायी निक्षेप सुविधामा थप व्यवस्था

खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन, स्थायी निक्षेप सुविधामा थप व्यवस्था

नेपालखबर
पुस ९, २०८१ मंगलबार १६:१४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि २०७८ को साँतौँ संशोधन गरेको छ। 

कार्यविधिमा खुला बजार कारोबार, निक्षेप संकलन उपकरण, रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद, सोझै बिक्री, दीर्घकालीन निक्षेप संकलन उपकरण, दीर्घकालीन रिपो बोलकबोल, दीर्घकालीन रिभर्स रिपो बोलकबोल, नेपाल राष्ट्र बैंक ऋणपत्र, ब्याजदर करिडोर, स्थायी निक्षेप सुविधा, ओभरनाइट रिपो, स्थायी तरलता, उपकरण निष्काशन लगायतबारे व्यवस्था गरिएको छ। 

उक्त व्यवस्थामध्ये स्थायी निक्षेप सुविधातर्फ केही व्यवस्था थप गरेको हो।

संशोधित कार्यविधिमा स्वदेशी मुद्राको बचत र मुद्दती निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको अवस्थामा स्थायी निक्षेप सुविधा पाउने व्यवस्था थपिएको छ।

यसअघि यससम्बन्धी विनियमावलीअनुसार योग्यता पुगेका काउन्टरपार्टीलाई स्वदेशी मुद्रामा लिएको अन्तरबैंक सापटी दायित्व बाँकी नरहेको अवस्थामा मात्र यो सुविधा उपलब्ध गराइएको थियो। 

स्थायी निक्षेप सुविधाको न्यूनतम रकम १० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्छ। 

राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाको रकम जम्मा र भुक्तानीसम्बन्धी व्यवस्थामा पनि यसअघिको व्यवस्थामा काउन्टरपार्टीबाट माग भई आएमा उक्त जम्मा गरिएको निक्षेपबापत अनुसूची १४ अनुसार प्रमाणपत्र प्रदान गरिने भन्ने व्यवस्था थप गरेको छ। 

हेर्नुहोस् कार्यविधि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad