अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायव सुब्बा अशोक कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नासु यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष) ले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ती वापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारको आरोप छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले यादवलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
नासु यादवविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।
45
Shares

प्रतिक्रिया