कारोबार


नाफिजको नेतृत्वमा कार्की

नाफिजको नेतृत्वमा कार्की

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार ११:५६, काठमाडौँ

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमिति चयन भएको छ।

शनिबार सम्पन्न नाफिजको १५औँ वार्षिक साधारण सभा तथा सातौँ महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्कीले १०० मत पाउँदा उनका प्रत्याशी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए। कार्की यसअघि नाफिजको उपाध्यक्ष रहेकी थिइन्।

नाफिज कार्यसमिति १३ सदस्यीय हुनेछ। त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरि १० सदस्य निर्वाचित गरेको छ। 

निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन्। खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए। उनीहरुको प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरेका थिए। 

यसैगरी महासचिवमा निकेश खत्रीले ११२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत प्राप्त गरेका थिए । 

सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् । उनले १२६ भोट ल्याउँदा उनका प्रतिस्र्धी चेतनारायण पाण्डले भने ५७ मत प्राप्त गरेका थिए।

कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन्। विश्वकर्माले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन) ले ८३ मत ल्याएका थिए।

यस्तै, सदस्यमा अनिस मिजारले १२०, अनुप आचार्यले ११८, चित्रराज भण्डारीले ११६ र शुक्र गिरीले १०७ मत ल्याएर बिजयी भएका छन्। अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए।

नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रुपमा कार्यसमितिमा रहनेछन्। बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनीत गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad