बैंक तथा वित्तीय संस्थाहरुमा ६६ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेपमा जम्मा भएको छ।
चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब ४७ अर्ब रुपैयाँ थपिएको हो।
समग्रमा बैंक तथा वित्तीय संस्थामाा ६६ खर्बमाथिको निक्षेप थुप्रिएको छ।
यो निक्षेपमा गैरआवासीय हिस्सा ७४ अर्ब रुपैयाँ हुँदा आवासीय निक्षेपको हिस्सा ९४ अर्ब रुपैयाँ छ।
यस्तै देशको विभिन्न नगरपालिकाहरुले २ अर्ब रुपैयाँ जम्मा गर्दा गैरवित्तीय कम्पनीहरुले १२ खर्ब ९ अर्ब रुपैयाँ जम्मा गरेका हुन्।
यसमा बीमा कम्पनीले ६ खर्ब २३ अर्ब बैंकमा राख्दा कर्मचारी सञ्चय कोषले १ खर्ब ८७ अर्ब, नागरिक लगानी कोषले १ खर्ब २४ अर्ब रुपैयाँ र अन्य संस्थाहरुले २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेपमा राखेका छन्।
योबाहेक सरकारी संस्था तथा निगमहरुले ३ खर्ब २७ अर्ब रुपैयाँ राख्दा गैरसरकारी संस्थाहरुले ४० अर्ब रुपैयाँ निक्षेपमा राखेका हुन्।
यस्तै अन्तरबैंक निक्षेप १ खर्ब ७५ अर्ब रहँदा व्यक्तिगत सर्वसाधारणले भने ४१ खर्ब ६० अर्ब रुपैयाँ निक्षेपमा राखेका हुन्।
अन्य शीर्षकमा भने ९४ अर्ब रुपैयाँ निक्षेपमा जम्मा भएको छ।
Shares

प्रतिक्रिया