कारोबार


त्रिभुवन विमानस्थल बन्दको अवधि घटाइने, गौतम बुद्धमा आरएनपी-एआर प्रणाली जडान गरिने

त्रिभुवन विमानस्थल बन्दको अवधि घटाइने, गौतम बुद्धमा आरएनपी-एआर प्रणाली जडान गरिने

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १७:५२, काठमाडौँ

रातिको समयमा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब राति १ घण्टा ढिलो र बिहान १ घण्टा अगाडि खुल्ने भएको छ।

धावनमार्गसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउन भन्दै गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरिएको थियो।

आगामी माघ १९ गतेदेखि राति ११ बजेदेखि बिहान ७ बजेसम्म ८ घण्टा मात्रै विमानस्थल बन्द गरिने पनि महानिर्देशक अधिकारीले जानकारी दिए।

बन्द गरिने समय घटे पनि काठमाडौँबाट भैरहवा सारिएको अन्तर्राष्ट्रिय उडान यथावत् राखिएको उनको भनाइ छ।

उता, भिजिबिलिटीको समस्या भोगिरहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गरेको हो।

विश्वका धेरै देशका विमानस्थलहरुमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भूउपग्रहमा आधारित हुन्छ। उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी माघ १० बाट आरएनपी–एआर प्रणाली प्रभावकारी हुने भन्दै सूचना प्रकाशित गरेको जानकारी दिए।

अधिकारीले आरएनपी–एआर प्रणालीको सहायताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यूनतम ८ सय मिटरको भिजिबिलिटीमा पनि जहाजहरू सहजरूपमा उडान अवतरण हुनसक्ने बताए।

भूउपग्रहमा आधारित हुने यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने उनले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटीमा काम गर्छ भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ८ सय मिटरको भिजिबिलिटीमा काम गर्ने अधिकारीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad