कारोबार


सरकारी चालू खाता करिब डेढ खर्बले बचतमा

सरकारी चालू खाता करिब डेढ खर्बले बचतमा

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १६:५४, काठमाडौँ

नेपाल सरकारको चालू खाता करिब डेढ खर्ब रुपैयाँले बचतमा देखिएको छ। 

चालू आर्थिक वर्षको ४ महिनामा चालू खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको हो। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो। 

यस्तै सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ४७ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड रहेको थियो। 

समीक्षा अवधिमा ५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी आप्रवाह ३ अर्ब ६५ करोड थियो। 

कात्तिक मसान्तसम्म शोधनान्तर स्थिति पनि २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad