प्रदेशस्तरिय विकास बैंक सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा नियुक्त भएका छन्।
बैंकको ४४४औँ बैठकद्वारा देवकोटालाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। यसअघि उनी नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए।
दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव बटुलेका उनी बैंकको सीईओमा नियुक्त भएका हुन्।
नेपाल बैंक लिमिटेडबाट २०६२ सालमा आफ्नो बैंकिङ करिअर सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश काम गरे।
नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्तिपश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।
व्यावसायिक रूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)का पूर्वपार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्यसमेत हुन्।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्सलगायत संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा रहेर पनि कार्य गरिसकेका छन् ।
Shares

प्रतिक्रिया