कारोबार


एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका वापत १५०० शैक्षिक सामग्री वितरण गर्ने पक्का

एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका वापत १५०० शैक्षिक सामग्री वितरण गर्ने पक्का

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १९:४०, काठमाडौँ

एनसेल फाउन्डेसनले आज बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने पक्का भएको छ।

यी सामग्रीहरु दुर्गम र ग्रामिण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने छ। गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो।

बुधबारसम्म खेलिएका १९ वटा खेलहरुमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन्। लुम्बिनी लायन्सका क्याप्टेन रोहित कुमार पौडेलले सबैभन्दा बढि २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन्। जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन्।

यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ। विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्री जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन्। यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने विश्वास लिईएको छ।

‘यो एनपीएल हाम्रो देशमा क्रिकेट प्रतिभाको विकासका लागि कोशेढुङ्गा सावित भएको छ। क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोडका छौं र स्रोत आवश्यक रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरिनेछ। १९ खेलसम्मका यात्रामा चौकाको योगदान गर्ने प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं र बाँकी खेलहरु अझै उत्साहजन हुने र थप चौकाहरु सहित अझै बढि शैक्षिक सामग्रीहरुको योगदान बढ्ने कुरामा हामी विश्वस्त छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्।

नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा रोमाञ्चकता थपेका छ। यसले सहयोग र स्रोत बढि आवश्यकता भएकाहरुसम्म आवश्यक सहयोग पुर्‍याउन मद्दत गर्ने कम्पनीको विश्वास छ।

एनसेल फाउन्डेसनले एनपीएलका खेलहरु सकिएपछि क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा शैक्षिक सामग्रीहरूको वितरण गर्नेछ। सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरुसम्म यी सामाग्रीहरु पुर्याउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ।

नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्न एनपीएलले सहयोग पुर्याएको छ। एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको छ। एनसेल फाउन्डेसन महत्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहल मार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको कम्पनीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad