समाज


पोखरामा मोटरसाइकल र स्कुटर ठोक्किँदा १९ वर्षका युवकको मृत्यु

पोखरामा मोटरसाइकल र स्कुटर ठोक्किँदा १९ वर्षका युवकको मृत्यु

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १४:३९, काठमाडौँ

कास्कीको पोखरामा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। 

मंगलबार राति पोखरा महानगरपालिका–१३ पाटनवेशीमा ग २३ प ३५६१ नम्बरको मोटरसाइकलले ग ७ प ९०७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका ३३ बागमारा घर भई सोही  महानगरपालिका १३ बाझापाटन बस्ने १९ वर्षका सरोज रामदामको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार १ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad