कारोबार


राजा वीरेन्द्रका ज्वाइँ गोरख राणा बने स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ

राजा वीरेन्द्रका ज्वाइँ गोरख राणा बने स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ

गोरख राणा


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार ११:२५, काठमाडौँ

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पहिलोपटक नेपाली नियुक्त भएका छन्।

सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रहेका गोरखशमशेर राणालाई बैंकको सीईओमा नियुक्त गरेको हो।

राणा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सीईओ बन्ने पहिलो नेपाली हुन्।

यसअघि बैंकको सीईओमा विदेशी बैंकर अनिर्भान घोष दस्तिदार थिए। उनको कार्यकाल सकिएपछि राणालाई सीईओमा नियुक्त गरिएको हो।

राणालाई जनवरी १ बाट लागू हुने गरी ४ वर्षे कार्यकालका लागि बै‌ंकको सीईओमा नियुक्त गरिएको हो। 

बैकिङ करिअर नै स्ट्यान्डर्ड चार्टर्डबाट सुरु गरेका राणा सन् १९९६ देखि बैंकका विभिन्न विभाग सम्हाल्दै आएका थिए। 

राणा स्वर्गीय राजा वीरेन्द्र शाहका ज्वाइँ अर्थात् वीरेन्द्रकी छोरी श्रुति शाहका श्रीमान् हुन्। श्रुतिले २०५८ जेठ १९ भएको नारायणहिटी दरबार हत्याकाण्डमा ज्यान गुमाएकी थिइन्। त्यस घटनामा राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित ११ जना मारिएका थिए।  

राणाले अमेरिकाबाट एमबीए गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad