छात्रावासको शौचालयमा महिलाको तस्बिर र भिडिओ खिचेको आरोपमा युनिभर्सिटी अफ हङकङका एक छात्र पक्राउ परेका छन्।
बिहीबार दिउँसो ४ बजे छात्रावासको शौचालय प्रयोग गर्ने क्रममा आफ्नो तस्बिर र भिडिओ खिचिएको भन्दै एक युवतीले प्रहरीलाई खबर गरेपछि १९ वर्षीय विद्यार्थीलाई पक्राउ गरिएको हो।
छात्रावासमा प्रेमीलाई भेट्न जाँदा २२ वर्षीया ती युवतीले पुरुष शौचालय प्रयोग गरेकी थिइन्। शौचालय प्रयोग गरिरहँदा बाथरुम स्टलको मुनिबाट तस्बिर खिचिरहेको आफूले फेला पारेको ती युवतीको दावी छ।
तस्बिर तथा भिडिओ खिचिरहेको थाहा पाएपछि उनले नजिकै रहेका आफ्ना प्रेमीलाई बताइन्। त्यसपछि उनीहरूले सन्दिग्ध युवकलाई शौचालयबाट बाहिर निस्कन रोके।
संदिग्धको फोनमा बाथरूम स्टलभित्र महिलाका धेरै क्लिप र तस्बिरहरू भेटिएका थिए। यसपछि उनलाई आवासीय हलबाट निकालिएको थियो। (द स्ट्यान्डर्ड)
120
Shares

प्रतिक्रिया