नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिसेम्बर ९, २०२४ देखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ। डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्।
‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकहरूले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, यस अभियानमा ‘जिरो कस्ट ओनरसिप प्लान’ रहेको छ जसमा ग्राहकहरुले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्। साथै ३ वर्षको निःशुल्क चेकअप, गाडी मर्मत सामाग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो। देशभरका शोरुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरुलाई कम्पनीले अनुरोध गरेको छ।
यही शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुँदै छ।
Shares

प्रतिक्रिया