हिमालयनन डिस्टिलरीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसमा १५ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा कम्पनीले गरेको छ।
कम्पनीको २३ गते बसेको सञ्चालक समितिको बैठकबाट लाभांश विरणगर्ने प्रस्ताव अगाडि सारिएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात् सो दरमा लाभांश वितरण गरिनेछ।
36
Shares

प्रतिक्रिया