आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागका अन्तर्विभागीय प्रमुखहरुको बैठक बसेको छ।
तीनवटै विभागबाट संयुक्त गस्ती परिचालन गर्ने र कर छली गर्ने करदातालाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेका हुन्।
बैठकमा राजस्व चुहावटका जोखिमका क्षेत्रहरु, वस्तुहरू, नाकाहरु र समूहहरु पहिचान गर्ने, सूचना संकलन गर्नेछन्।
राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणाली, भन्सार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचनालाई एक आपसमा अन्तराबद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपासपछिको परीक्षण, बजार अनुगमन गस्ती परिचालन गर्ने भएका छन्।
राजस्व चुहावटका नयाँ प्रबृत्तिहरु पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालको माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्ने निर्णय भएका छन्।
सामान्य तथा आर्थिक रुपमा कमजोर मानिसलाई प्रलोभनमा पारी निजको नाममा व्यवसाय दर्ता गरी कारोबार गर्ने र कर छली गरी आफू कानुनको नजरमा उम्किने प्रवृत्तिलाई विशेष अनुसन्धान र छानबिन गरी कारबाहीको दायरामा ल्याइने भएको छ।
फर्म तथा कम्पनीको फेक दर्ता रोक्न निजको बायोमेट्रिक अवस्था, वित्तीय व्यवस्था, व्यावसायिक योजना आदिलाई विशेष निगरानी गर्ने भएको छ।
बजारमा उत्पादन, पैठारी तथा खरिद गरेको आधिकारिक वा प्रमाणिक स्रोतविना बिल-बीजक मात्र खरिद-बिक्री गर्ने प्रवृत्ति यदाकदा देखिएको हुँदा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न तीनवटै विभागले समन्वय गरी कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेका छन्।
Shares

प्रतिक्रिया