कारोबार


अमेरिकन चेम्बर र नेपाल प्राइभेट इक्विटी एसोसिएसनले सहकार्य गर्ने

अमेरिकन चेम्बर र नेपाल प्राइभेट इक्विटी एसोसिएसनले सहकार्य गर्ने

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १५:५५, काठमाडौँ

नेपालमा द्विपक्षीय लगानी तथा आर्थिक विकासका लागि नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले सहकार्य गर्ने भएका छन्।

दुई पक्षबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक सम्झौता भएको हो। 

नेपालका विभिन्न व्यावसायिक तथा निजी क्षेत्रका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमबीच एनपीईएका अध्यक्ष सिद्धान्तराज पाण्डे र एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा नेपालमा आकर्षक लगानीको वातावरण सिर्जना गर्न तथा नेपाल र अमेरिकाबीचको  आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन लक्ष्य राखिएको छ। त्यसका लागि रणनीतिक साझेदारी गर्न दुवै संस्था सहमत भएका हुन्।

सम्झौताअनुसार एनपीईए र एमच्यामबीच मुख्यत: स्रोतको आदानप्रदान, विभिन्न कार्यक्रममा सहभागिता र बजार विश्लेषणका क्षेत्रमा सहकार्य हुनेछ।

‘एमच्यामसँगको यस साझेदारीमा सामेल हुन पाउँदा हामी उत्साहित भएका छौं र यसले नेपालमा निजी क्षेत्रको प्रगतिको लागि महत्वपूर्ण भूमिका खेल्नेछ’, एनपीईएका अध्यक्ष पाण्डेले भने, ‘यस सहकार्यमार्फत हामीले ज्ञान  आदानप्रदान, नयाँ लगानीका अवसरहरू पहिचान तथा व्यापार वृद्धिका लागि एक सशक्त प्रणाली निर्माण गर्ने लक्ष्य राखेका छौँ।’

एमच्यामका अध्यक्ष श्रेष्ठले नेपाल र अमेरिकाबीच द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनका लागि यस्ता प्रकारका सहकार्य हुनुपर्ने बताए ।

‘यो साझेदारीले दुवै संस्थालाई मूल्यवान जानकारी र स्रोत प्रदान गर्ने मौका दिनुका साथै दुवै पक्षका व्यवसायहरूलाई नयाँ अवसरहरूको खोजी गर्न मद्दत पुर्‍याउनेछ’, उनले भने। 

सम्झौताअनुसार एनपीईए र एमच्यामले बजार अनुसन्धान र तथ्यांक आदानप्रदान गर्दै नयाँ व्यापार र लगानीका अवसरहरूको पहिचान गर्नेछन् । यसका साथै, उनीहरूले प्रमुख सरोकारवाला र निर्णयकर्तासँग सम्बन्ध विस्तार गर्दै विभिन्न मञ्चहरूमा पहुँच उपलब्ध गराउन एकअर्कालाई सहयोग पर्‍याउनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad