रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीर्तिमानी रक्षा बजेट अनुमोदन गरेका छन्। रुसले युक्रेन युद्धको तीन वर्ष पुग्न लाग्दा सम्पूर्ण बजेटको एक तिहाइ हिस्सा रक्षा क्षेत्रमा विनियोजन गरेको छ।
आइतबार सन् २०२५ का लागि बजेट सार्वजनिक गरिएको थियो। जसमध्ये १२६ अर्ब डलर रक्षा क्षेत्रमा छुट्याइएको छ। त्यो भनेको जम्मा बजेटको ३२.५ प्रतिशत हो।
यो रक्षा बजेट अघिल्लो वर्षको भन्दा २८ अर्ब डलरले बढी हो।
संसदको दुवै सदनले बजेट पारित गरिसकेका छन्।
गएको दुई वर्षमा रुसले रक्षा बजेटमा ठूलो वृद्धि गरेको छ। जसका कारण अर्थतन्त्रमा संकटका संकेतहरू देखिन थालेका छन्। मुद्रास्फिति उच्च छ। कम्पनीहरूले कामदार अभाव झेलिरहेका छन्।
यो स्थितिलाई नियन्त्रण गर्न मुलुकको केन्द्रीय ब्यांकले ब्याजदर २१ प्रतिशत पुर्याएको छ।
रुससँग लडिरहेको युक्रेनले पनि अमेरिकालगायत पश्चिमा मुलुकबाट ठूलो सहयोग प्राप्त गरिरहेको छ।
हालै किभ पुगेका जर्मन चान्सलर ओलाफ सोल्जले ६८ करोड डलरको सैन्य सामग्री सहयोग गर्ने वचन दिएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया