बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक समीक्षा पर्ख र हेरमै सीमित भएको बताएको छ।
शुक्रबार सार्वजनिक पहिलो त्रैमासिक मौद्रिक समीक्षाबारे सिबिफिनले नीतिगत फेरबदल नभएकोमा असन्तुष्टि व्यक्त गरेको हो।
शुक्रबार नै सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रमा देखिएको समस्याप्रति मौद्रिक नीति मौन भएको उल्लेख गर्दै आगामी समीक्षामा समाधान उन्मुख हुन आग्रह गरेको छ।
‘बैंक तथा वित्तीय संस्थाहरुको खराव÷निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररुपमा बृद्धि, कर्जा लगानी नहुनुे, आन्तरिक मागमा कमी हुनु, सरकारले पूँजीगत खर्च गर्न नसक्नु जस्तो अवस्थाको नीतिगत सम्बोधन गर्नुपर्नेमा विगतकै कार्यदिशालाई मात्र निरन्तरता दिइनुले मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र आर्थिक क्रियाकलापहरुले आशातितरुपमा गति नलिने हो कि भन्ने चासो बढाएको छ’, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा राष्ट्र बैंकले आगामी मौद्रिक नीतिको समीक्षाले अहिले देखिएको समस्या औँल्याएर नीतिगत फेरबदल गर्नुपर्ने उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया