न्यायपरिषद्का सदस्य रामप्रसाद श्रेष्ठ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका छन्।
न्यायपरिषद्को सचिवालय, रामशाहपथमा शुक्रबार एक विशेष कार्यक्रम गरी उनको बिदाइ गरिएको छ।
वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एसोसिएसनको सिफारिसमा २०७७ मंसिर १५ गते न्यायपरिषद् सदस्य नियुक्त भएका थिए। संविधानमा तोकिएबमोजिम उनको ४ वर्षे कार्यकाल बिहीबार सकिएको हो।
बिदाइ कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायपरिषद्कै अर्का सदस्य रामप्रसाद भण्डारी, न्यायपरिषद्का सचिव यमबहादुर बुढालगायत कर्मचारीहरूले श्रेष्ठलाई फूलमाला, अबिर तथा मायाको चिनो प्रदान गरी बिदा गरेका थिए।


840
Shares

प्रतिक्रिया