नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ। बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामा कुनै पनि नीतिगत हेरफेर गरेको छैन।
चालु आर्थिक वर्षको मौद्रिक नीति नै लचिलो ल्याएको राष्ट्र बैंकले पहिलो समीक्षामा पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो।
बैंकले मौद्रिक नीतिमा गरेको नीतिगत दरलाई ५ प्रतिशत, निक्षेप संकलन दरलाई ३ प्रतिशत र बैंक दरलाई ६.५ प्रतिशतमै राखेको छ।
१२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्यसहित राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएको थियो।
पहिलो त्रैमासमा पर्याप्त तरलता, बढ्दो विदेशी विनियम सञ्चिति, कर्जा प्रवाह, मुद्रास्फीतिको अवस्था हेरेर यसपटक नीतिगत हेरफेर नगरी पुरानै व्यवस्था कायम राखेको हो।
48
Shares

प्रतिक्रिया