सेयरबजारमा आज ‘करेक्सन’ आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा थामिएको हो।
यस दिन बजारमा कुल १ करोड ६६ हजार कित्ता सेयर किनबेच भए। सो किनबेचमा ८ अर्ब ५४ करोडको कारोबार भएको हो।
बिहीबार ५० वटा सेयर बढे पनि १९४ वटा घट्नपुगेका छन्।
आज कुल ३ वटा सेयरमा सर्किट ब्रेक भएको छ। विशाल बजार कम्पनी र विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको र मानुषी लघुवित्तको भने सोही दरमा घटेको हो।
यसअनुसार बढ्ने कम्पनीका सेयरधनीले प्रतिकित्ता क्रमशः ४९५ रुपैयाँ र २५९.५० रुपैयाँ आम्दानी गर्दा मानुषीका सेयरधनीले २४९.९० रुपैयाँ गुमाएका छन्।
कारोबारतर्फ आज एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३१ करोड, नेपाल फाइनान्सको २९ करोडको उच्च सेयर कारोबार भएको छ।
42
Shares

प्रतिक्रिया