कारोबार


४० अंकले नेप्से बढ्दा ८ कम्पनीको मूल्यमा सर्किट

४० अंकले नेप्से बढ्दा ८ कम्पनीको मूल्यमा सर्किट

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १५:१५, काठमाडौँ

बुधबार सेयर बजार परिसूचक नेप्से ३९.७० अंकले बढेर २७५६.३६ अंकमा बन्द भएको छ।

१.४६ प्रतिशतले नेप्से बढ्दा आज कारोबारमा आएका ८ वटा धितोपत्रको मूल्यमा सर्किट लागेको हो।

कुल कारोबारमा आएका ३१६ वटा धितोपत्रमध्ये ७ वटाको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको मूल्यमा १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको छ। 

कारोबार सुरु हुन साथ बजारमा लगानी बढाएका लगानीकर्ताले दिनभर ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार गर्दा २ सय कम्पनीको सेयरमूल्य बढ्न पुग्यो भने ३८ वटाको मूल्य घट्न पुग्यो।

जसमा विशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

यो दिन मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा भने १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लाग्न पुग्यो। 

समूहगत रुपमा भने आज वित्त समूहबाहेक अन्य सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक भने घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad