नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।
अर्थ मन्त्रालयमा मंगलबार साँझ अध्यक्ष श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलसँग शपथग्रहण गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो।
पूर्वअध्यक्ष रमेश हमालले गत वर्ष पुस २० मा कार्यकाल पूरा गरेपछि अध्यक्ष पद लामो समय रिक्त थियो।
शपथ लिँदै अध्यक्ष श्रेष्ठले आफूलाई तोकिएको काम आफ्नो ज्ञान र विवेकले बुझेसम्म इमान र कर्तव्य सम्झी बफादार भएर पूरा गर्ने बताए।
102
Shares

प्रतिक्रिया