कारोबार


बोर्डका नयाँ अध्यक्षलाई सेयरबजारको स्वागत, ३३ अंकले नेप्से बढ्दा २१० वटाको मूल्य बढ्यो

बोर्डका नयाँ अध्यक्षलाई सेयरबजारको स्वागत, ३३ अंकले नेप्से बढ्दा २१० वटाको मूल्य बढ्यो

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १५:१३, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई सेयरबजारले स्वागत गरेको छ।

११ महिनापछि नियामक निकायले अध्यक्ष पाएपछिको पहिलो कारोबार दिनमा नेप्से सूचक दोहोरो अंकले बढेर बजार हरियाली बनेको हो। 

मंगलबार नेप्से ३३.४१ अंकले बढे २७१६.६६ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर बजारमा हरियाली छाएको छ।

कारोबार सुरु भएसँगै बढ्न थालेको बजारले दिनभर सम्हालिँदो उतारचढाव देखाएको थियो। फलत: कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २१० वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३३ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।

बढ्नेमा सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई मर्दी र कुथेलीबुखारी हाइड्रो अगाडि छन्। यी तीनवटै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

यस्तै घट्नेमा भने आज थ्री स्टार हाइड्रो अगाडि छ। यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्दा कर्णाली विकास बैंकको सेयरमूल्यमा भने ८.४५ प्रतिशतको गिरावट देखिएको छ। राष्ट्र बैंकले खराब कर्जा उच्च भएको देखाउँदै बैंकलाई समस्याउन्मुख घोषणा गरेपछि आजको बजारमा बैंकको मूल्य घट्न पुगेको हो। 

यस्तै कारोबारका आधारमा भने आज नेपाल फाइनान्स अगाडि छ। लगानीकर्ताले आज यो कम्पनीको ४५ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका हुन्।

सेयरबजारमा आज ७ अर्ब ४४ करोड रुपैयाँको कुल कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad