कारोबार


शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनद्वारा चुम्लिङटारमा डीसी फास्ट–चार्जिङ स्टेसन सञ्चालन

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनद्वारा चुम्लिङटारमा डीसी फास्ट–चार्जिङ स्टेसन सञ्चालन

नेपालखबर
मंसिर १०, २०८१ सोमबार २१:३४, काठमाडौँ

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले चितवन चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टमा डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्कको औपचारिक उद्घाटन कार्यक्रम गरेका छन्।

चार्जिङ स्टेसन सञ्चालमा आएसँगै नेपालको विद्युतीय यातायात पूर्वाधार तथा संरचना विकासको एक महत्वपूर्ण परियोजनाको कार्यान्वयनले गति लिएको कम्पनीको भनाई छ।

सो परियोजनाले निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर, सिट्रन र पज्यो गाडीका ग्राहक तथा चालकहरूलाई दिगो र वातानुकुलित प्रविधिमा र सुविधाजनक यात्रा अनुभव प्रदान गर्नेछ।

शारडा ग्रुपका आफ्टर–सेल्स महाप्रबन्धक कृष्ण प्रसाद पोखरेल र सिद्धार्थ हस्पिटालिटिका महाप्रबन्धक किरण रिमालद्वारा औपचारिक रूपमा चार्जिङ स्टेसनको उद्घाटन गरिएको हो।

कार्यक्रममा शून्य कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्न र नेपालमा दिगो यातायात प्रविधिको प्रयोग प्रवर्द्धनको गर्न पूर्वाधार विकासको भूमिका र महत्वलाई जोड दिइएको थियो।

कार्यक्रममा ग्राहकहरूका लागि दिगो यातायात प्रविधिको भविष्य विषयक छलफल कार्यक्रम भएको थियो।

कम्पनीका अनुसार नवउद्घाटित चार्जिङ स्टेसनले दिगो प्रविधिमा आरामदायी यात्रा गर्न चाहने आधुनिक ग्राहकहरूको लागि डिसि फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ। यस परियोजनाले कार्वन–उत्सर्जन न्यूनीकरण गर्दै झञ्झटमुक्त यात्राको लागि राजमार्गलाई सुविधा र पूर्वाधारयुक्त बनाउँदछ।

हाल देशभर १६ भन्दा बढी फास्ट-चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन्। उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता पनि बढेको कम्पनीको भनाई छ।

अहिले देशभर पोखरा, नारायणघाट, नेपालगञ्ज, बुटवल, विराटनगर, विरगञ्ज, बिर्तामोड, र बर्दिबासका स्थानहरूमा चार्जिङ पूर्वाधारहरू सञ्चालनमा रहेका छन् भने अब कुरिनटारमा पनि चार्जिङ स्टेसन निर्माण सुरू भएको छ।

कम्पनीका अनुसार शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको विद्युतीय सवारीको प्रयोग र प्रवर्द्धनलाई प्रोत्साहित गर्ने साझा लक्ष्यमा आधारित यो परियोजना नेपालको दिगो भविष्यको लागि एक अपरिहार्य उपलब्धी हो।

यो सुरुवातसँगै, शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले देशका प्रमुख राजमार्ग तथा स्थानहरूमा थप चार्जिङ स्टेसन स्थापना गरी इभि प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad