कारोबार


ह्याप्पी हिल्समा ५० प्रतिशत छुटमा स्काईवाकमा २५० रुपैयाँमै पर्यटकीय अनुभव

ह्याप्पी हिल्समा ५० प्रतिशत छुटमा स्काईवाकमा २५० रुपैयाँमै पर्यटकीय अनुभव

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १६:१८, काठमाडौँ

काठमाडौं र नुवाकोटको बीचमा रहेको मुड्खुमा खुलेको ह्याप्पी हिल्स एडभेन्चर रिसोर्ट स्काईवाक र मनमोहक दृश्यहरु हेर्ने गन्तव्य बन्दै गएको छ।

हालसालै सञ्चालनमा आएको यो रिसोर्ट मुड्खु टावर भएको क्षेत्रमा रहेको छ, जहाँबाट मनमोहक हिमाली परिदृश्य देख्न सकिन्छ। प्राकृतिक सौन्दर्यका साथै यो ठाउँ साहसिक पर्यटन तथा फरक अनुभव पाउनका लागि गन्तव्य बन्न थालेको छ । 

ह्याप्पी हिल्समा सबैभन्दा प्रमुख आकर्षण भने त्यहाँको स्काईवाक रहेको छ। उक्त स्काईवाकमा सिसाबाट बनेको पुलमा हिँड्दै साहसिक अनुभव लिनुका साथै काठमाडौंको परिदृश्य हेर्न पाइन्छ। रिसोर्टको उद्घाटनको समय भएकाले हालका लागि ५० प्रतिशत छुटमा स्काईवाकमा २५० रुपैयाँमा नै पर्यटकीय अनुभव गर्न सकिन्छ।

पर्यटकिय परिदृश्य र स्काईवाकका साथै काठमाडौंको भिडभाडबाट टाढा हुन मन हुनेका लागि सहज गन्तव्यका रुपमा रहेको ह्याप्पी हिल्समा अन्य थुप्रै विशेषताहरुसमेत रहेका छन् । भविष्यमा रिसोर्टमा रिभर्स बन्जीका साथै अन्य साहसिक क्रियाकलाप पनि खुलाईने रिसोर्टले जनाएको छ।

रिसोर्टमा झण्डै २ करोड लगानी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad