कारोबार


नेपाल आर्थिक संघले दियो अर्थतन्त्र सुधारका सुझाव

नेपाल आर्थिक संघले दियो अर्थतन्त्र सुधारका सुझाव

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार ८:४५, काठमाडौँ

नेपाल आर्थिक संघले अर्थमन्त्री विद्यमान अवस्थाबारे छलफल गरेको छ। 

नेपालको आर्थिक अवस्थाबारे लेखाजोखा गर्ने तथा आगामी दिनमा देशको अर्थतन्त्रका लागि दिगो रूपमा सञ्चालन गर्न विभिन्न उपाय सुझाएको छ। 

नेपालले आर्थिक संघ र अर्थ मन्त्रालयबीच धेरै वर्षदेखि अर्थतन्त्रसँग सम्बन्धित विषयमा सहकार्य गरिरहेको संघका अध्यक्ष प्राडा विश्वम्भर प्याकुरेलले बताए। उनले आगामी दिनमा पनि अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउन नेपाल आर्थिक संघ तयार रहेको प्रतिबद्धता जनाए। 

नेपाल आर्थिक संघले बेलाबेला विभिन्न विषयमा सरकारलाई स्वतन्त्र रूपले सल्लाह-सुझाव दिने गरेको छ। 

संघका अध्यक्ष प्राडा प्याकुरेलले नेपाल आर्थिक संघले गरेका अध्ययन/अनुसन्धान उत्पादकत्वसँग सम्बन्धित हुने हुनाले र दिगो रूपमा कार्यान्वयन गर्न सकिने हुँदा देशको वर्तमान आर्थिक अवस्था कुन मोडमा पुगेको छ भन्ने कुरा सरोकारवालासँग संवाद गरी अर्थ मन्त्रालयले सुरु गरेका आर्थिक सुधारका साथै अन्य कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुग्ने बताए।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भेटमा अर्थशास्त्रीहरूको छाता संगठन नेपाल आर्थिक संघले अर्थतन्त्रसँग सम्बन्धित विषयमा पहिले पनि सहकार्य गरेको बताए। 

मन्त्रालयमा भएको छलफलमा नेपाल आर्थिक संघका उपाध्यक्ष प्राडा गोविन्द नेपाल, महासचिव डा गोपाल प्रसाद तिवारी, सचिव डा खोम खरेल, कार्यसमिति सदस्य अर्थविद केशव आचार्य, कार्यसमिति सदस्य प्राडा केशव राज खड्का, कार्यसमिति सदस्य डा यादव मणि घिमिरेलगायत अर्थशास्त्री सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad