कारोबार


स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १९:१०, काठमाडौँ

टेकस्पायर स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४ सम्पन्न भएको छ। कात्तिक २९ र ३० गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको फेस्टमा उत्साहजनक सहभागिता रहेको थियो।  

फेस्टमा सातै प्रदेशका १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरू प्रदर्शनीमा राखिएको थियो भने स्टिम क्याम्प, रकेट साइन्स प्रदर्शनी र रोबो सकर पनि सञ्चालन गरिएको थियो।  

डिजिटल इन्नोभेसन, स्टिम क्याम्प र रोबो सकरमा अवलोकनकर्ताको घुँइचो थियो। २ दिनसम्म सञ्चालन भएको कार्यक्रम १५ हजार बढीले अवलोकनकर्ताले अवलोकन गरेका छन्।

रोबो सकर प्रतियोगितामा टेकस्पायर कलेजको टिम द रुलिङ ब्याइज विजेता र युनिग्लोबल कलेजको टिम टर्बो एक्स उपविजेता भएका छन्। प्रतियोगिताका विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ। इन्जिनियरिङ भ्लग्सले व्यवस्थापन गरेको रोबो सकर प्रतियोगितामा कुल १६ टिमले प्रतिस्पर्धा गरेका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, प्रतिनिधि सभा सदस्य डा चन्द्र भण्डारीसहित विभिन्न सरकारी निकायका उच्च अधिकारी, सल्लाहकार, एकेडेमीसीयन, विदेशी नियोगका प्रतिनिधि, लगानीकर्ता, विभिन्न कम्पनीका संस्थापक तथा कार्यकारी प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिहरूले फेस्टको अवलोकन गर्दै युवाहरूको आईडिया र इन्नोभेसनमाथि उत्साह भर्ने काम गरेका थिए।

फेस्टमा सातै प्रदेशबाट छनौट गरेर ल्याइएका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसनहरू प्रदर्शनीमा रहेका थिए।

फेस्टमा सहभागी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्टको रूपमा आयोजना भएको फेस्टले डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूको नेटवर्किङ, प्रवर्द्धन, लगानी र थप परिस्कृत गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

फेस्टमा सहभागी हुनुभन्दा अगाडि सातै प्रदेशका स्टार्टअप र आइसिटी अवार्डका सेमिफाइनलिष्टहरूलाई मेन्टरिङ, बुटक्याम्प र इण्डष्ट्री भिजिट जस्ता कार्यक्रम सञ्चालन गरिएको थियो।

सातै प्रदेशबाट छनौट गरिएको ल्याइएका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिने छ। अवार्डको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा आयोजना हुँदैछ।

अहिले आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालन भइरहेको छ। फेस्टमै अवलोकनकर्तालाई अवार्डको स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधाका मन परेका सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने व्यवस्था समेत गरिएको थियो।

लिभिङ विथ आइसिटीको आयोजना र द स्क्वाइड अफ चेन्जमेकरको सहआयोजनामा भएको स्टार्टअप एण्ड आईडिया फेस्टलाई आईटी कलेज टेकस्पायर कलेजले शीर्ष प्रायोजन गरेको भने डिजिटल डिभाइड कम गर्न योगदान गरिरहेको एनसेल फाउन्डेसनको सहकार्य रहेको छ।

त्यसैगरी स्मार्टन टेक्नोलोजीज, इन्जिनियरिङ भ्गल्स, राष्ट्रिय वाणिज्य बैंक, एमआईटी कलेज, हाम्रो पे, मेन्टरल्याब, एम्बिसन गुरू, ब्रोडवे इन्फोसिस, टेक्नोरियो, कान्तिपुर टिभी, किङ्ग्स कलेज, रोबोटिक्स एकेडेमी नेपाल, स्काई ब्रोडब्याण्ड, पाइला टेक्नोलोजी, रूटिन अफ नेपाल बन्द, नेपाल आन्टरप्रेनर्स हब, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतका संघ संस्थाको सहयोग तथा सहकार्य रहेको छ।

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad