कारोबार


सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार ८:५८, सुनसरी

सुनसरी सदरमुकाम इनरुवा-१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन्।

ठेलामा माटोका भाँडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ। उनको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ। उनले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन। उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ।

उनले भने, ‘ ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन्। सातु बिक्री गरेर मासिकरुपमा ५० हजार आम्दानी हुन्छ।’

गर्मीयामका बेलामा एक लाख मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी हुने उनको भनाइ रहेको छ। चिसोका बेलामा दैनिक रुपमा एक सयदेखि १५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि २५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए।

उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन्। उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताए।

दैनिक रुपमा सामग्री महँगिँदै गएका बेलामा प्रति गिलास सातुको ४० लिने गरेको उनको भनाइ छ। दैनिक रुपमा चार हजारदेखि पाँच हजारसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रुपमा ५० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको पौदारले बताए।

सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उनले बताए। आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उनले बताए।

एक लाखदेखि दुई लाख खर्च गरेर विदेशमा गएर ४० हजारदेखि ५० हजार आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रुपमा सयौं साथीभाइसँग भेट समेत गर्दै आएको उनले बताए।

उनले भने, ‘स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad