समाज


रौतहटमा तीव्र गतिको कार र ट्याक्टर ठोकिँदा १ जनाको मृत्यु

रौतहटमा तीव्र गतिको कार र ट्याक्टर ठोकिँदा १ जनाको मृत्यु

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार ९:२५, काठमाडौँ

गएराति रौतहटमा कार र धानझार्ने थ्रेसर मेसिन बोकेको ट्याक्टर आपसमा ठोकिँदा एक मजदुरको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा पर्ने चन्द्रपुरस्थित पौराइमा आइतबार राति करिब आठ बजे लु ५ त १४०९ नम्बरको ट्याक्टर र बीएसी ५६०३ नम्बरको कार आपसमा ठोकिँदा भारतको पूर्वी चम्पारण घर भएका ४० वर्षीय भोला गिरीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले दिएको जानकारी अनुसार पौराइको गाउँमा धान झारेर पूर्वपश्चि राजमार्गमा निस्कँदै गरेको ट्याक्टरसँग तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार ठोकिँदा दुर्घटना भएको हो। 

‘दुवै चालकको असावधानीको कारण दुर्घटना भएको देखिन्छ,’ डीएसपी रायले भने, ‘दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका- २ घर भएका कार चालक दल्लु बनसललाई पक्राउ गरेका छौँ।’

मृतक गिरी बिग्रिएको थ्रेसर मेसिन बनाउन गएको बेला घटना भएको रायले बताए। धान झार्ने क्रममा बिग्रिएको थ्रेसर बनाएर सोही ट्याक्टरमा चढेर डेरा फर्किंदै गर्दा दुर्घटना भएको हो। 

मृतक गिरीको शव पोस्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad