नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा थामिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार घटेको बजारमा पनि ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको हो।
कुल १ करोड २० लाख कित्ता सेयर बिक्रीमा यो कारोबार भएको छ। बुधबारको कारोबारमा दुई कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। गुराँस लघुवित्त र मिडसोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले क्रमशः १६१.७० र ९६.५० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
नेप्सेका अनुसार अपरस्यांगे हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रो र सानिमा जीआईसी इन्स्योरेन्सलगायतको सेयर पनि ९ प्रतिशत बढीले बढेको छ।
आज गिरावटतर्फ जानकी फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, माथिल्लो मैलुङ खोला, माईखोला जलविद्युत्, अपर लोहोरे खोलालगायतको सेयर मूल्य घटेको छ। आज अधिकतम ४.९० प्रतिशतसम्म सेयरमा गिरावट देखिएको छ।
कारोबारतर्फ आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३४ करोड, सानिमा जीआईसीको २६ करोड, सोल्टी होटलको २० करोड, नेपाल फाइनान्सको १६ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १५ करोड ७८ लाखको कारोबार भएको छ।
Shares

प्रतिक्रिया