कारोबार


दराज नेपालद्वारा उत्कृष्ट बिक्रेता सम्मानित

दराज नेपालद्वारा उत्कृष्ट बिक्रेता सम्मानित

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १८:५८, काठमाडौँ

अनलाइन बजार, दराज नेपालले आफ्नो बिक्रेता सम्मेलन सम्पन्न गरेको छ।

‘इम्पावरिङ सेलर्स, फ्यासिलिटेटिङ ग्रोथ’ नाराका साथ ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डेनमा आयोजान गरिएको उक्त कार्यक्रम मार्फत दराजले लगनशील बिक्रेताहरूको सम्मान गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथि उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु आजको नितान्त आवश्यकता रहेको कुरामा जोड दिए।

कार्यक्रम मार्फत आगामी दिनहरूमा इ–कमर्स सम्बन्धी विषयहरू लगायत इ–कमर्स बिलबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा यसलाई अगाडि बढाउने र सहज बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा बोल्दै, दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिनसम्म ल्याइपुर्याउनमा बिक्रेताहरूको मुख्य भूमिका रहेको बताइन्।

‘बिक्रेताहरुको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रखुख कारण हो’, उनले भनिन्।

कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष बिष्ट, चिफ कमर्शियल अफिसर प्रविण रुक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले इ–कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (ईको सिस्टम)को महत्व उजागर गर्दै दराज प्ल्याटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिहरूको बारेमा जानकारी दिएका थिए।

कार्यक्रममा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ बिक्रेताहरूलाई सम्मान प्रदान गरिएको थियो। सम्मानले तिनको नवप्रवर्तन, समर्पण र उच्चस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउने प्रतिबद्धताको प्रतिनिधित्व गरेको कम्पनीको भनाई छ।

यी हुन् अवार्ड विजेताहरूः

सेलर अफ दि ईयर २०२४ : मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल
कस्टमर च्वाइस अवार्ड : म्हिचा
मनैदेखि नेपाली अवार्ड : नेपाल टि एक्स्चेन्ज
दराज स्पेशल रिकग्निशन अवार्ड : आर एन ईलेक्ट्रोनिक्स
टप न्यू एसएमई सेलर : ईकमर्स बजार
टप ईमर्जिंग सेलर : एभरस्को
टप सेलर- एफएमसीजी क्याटेगरी : बिराट हेल्थकेयर ईन्डस्ट्रिज
फ्ल्याश सेल हिरो - एफएमसीजी क्याटेगरी : ज्यासमिन हाइजिन प्रडक्ट्स
क्याम्पेन हिरो - एफएमसीजी क्याटेगरी : एयविबी
टप सेलर - फेशन क्याटेगरी : शुज स्पट
फ्ल्याश सेल हिरो - फेशन क्याटेगरी : ई-स्टोर्स
क्याम्पेन हिरो- फेशन क्याटेगरी : फ्यानसेरा
टप सेलर- ईलेक्ट्रोनिक्स क्याटेगरी : वानप्लस
फ्ल्याश सेल हिरो-ईलेक्टोनिक्स क्याटेगरी : उक्स-एज
क्याम्पेन हिरो - ईलेक्टोनिक्स क्याटेगरी : बोट (टेलिटक)
टप सेलर - लाईफस्टाइल क्याटेगरी : ई-मेला
फ्ल्याश सेल हिरो- लाईफस्टाइल क्याटेगरी : एसपीएन‘स्
क्याम्पेन हिरो - लाईफस्टाइल क्याटेगरी : कामाख्या डेकोर

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad