कारोबार


महानगरले जफत गर्‍यो भारतबाट अवैध आयात गरिएका २६९ बोरा सयपत्री फूल

तिहारमा ४० करोडको फूल बिक्री हुने अनुमान
महानगरले जफत गर्‍यो भारतबाट अवैध आयात गरिएका २६९ बोरा सयपत्री फूल

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १३:०, काठमाडौँ

काठमाडौं महानगरले भारतबाट अवैध आयात गरिएकाको २६९ बोरा सयपत्री फूल सिल गरेको छ।

सरकारले नेपाल आयात हुने फूल क्वारेन्टाइन पास गरी ल्याउनुपर्ने व्यवस्था गरेको छ। 

तर व्यवसायीले भन्सारबाट क्वारेन्टाइन पास नगराई काठमाडौं ल्याएको फूल महानगरले जफत गरेको हो। काठमाडौं नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले ४०० देखि ५०० किलोग्राम सयपत्री फूल गोदाममै सिलबन्दी गरिएको जानकारी दिए। 

‘कुनै देश लक्षितभन्दा पनि क्वारेन्टाइन चेक नभई विदेशबाट आयात भएका २६९ बोरा सयपत्री गोदाममै सिलबन्दी गरिएको हो’, उपरीक्षक जोशीले भने, ‘प्लास्टिकजन्य फूल ६–७ बोरा र  क्वारेन्टाइन पास नगरी फुटपाथमा ल्याएको २०० किलो जफत गरिएको छ।’ 

महानगरले बालाजुका ३ वटा कोल्ड स्टोरमा सिल गरेको छ। अब सयपत्री फूल भारतबाट वैध रुपमा आयात हुन सक्नेछैन। 

त्यस्तै, फ्लोरिकल्चरल एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष मिन बहादुर तामाङले काठमाडौं उपत्यकामा सयपत्री फूलको अभाव हुने बताए। उनले गत वर्ष काठमाडौं आएको फुल किसानले सडकमै फालेर जानुपरेकाले सयपत्री उत्पादन नै कमी भएको उनको भनाइ छ।

‘यो वर्ष अलिकति सयपत्रीमो माला अभाव हुन्छ कि भन्ने अनुमान छ’, तामाङले भने, ‘गत वर्षजस्तै जिल्लाबाट गाडीका गाडी फूल आए त ठीकै हो नभए गोदावरी र मखमली प्रयोग गर्नुपर्छ।’

सयपत्रीको उत्पादन कम भए पनि गोदावरी र मखमलीको फूल प्रशस्त रहेको बताए। गत वर्ष किसानले काठमाडौंमा फूल बिक्रीका लागि ल्याए पनि सडकमै फालेर गए। 

‘बाढीले केही फूलखेतीमा क्षति पुर्‍यायो भने गत वर्ष बिक्री नहुँदा उत्पादन नै घटेको अनुमान छ’, उनले भने, ‘किसानले यो वर्ष आफ्नो उत्पादनको मूल्य पाउने देखिन्छ।’

गत वर्ष तिहारमा नेपाली किसानको फूल बिक्री नभएपछि १६ किसिमको रोग, किरामुक्त फूल मात्रै आयात गर्न पाउने व्यवस्था गरेको छ।

१६ रोगमुक्त फूल भनेर भारत सरकारले पत्र पठाए मात्रै ल्याउन सक्ने व्यवस्था छ। भारत सरकारले रोगमुक्त फूल घोषणा गर्न नसक्दा वैध आयात नभएको एसोसिएनले जनाएको छ। 

जाउलाखेलमा फूल मेला लागेको थियो। एसोसिएनले अनुमान गरेभन्दा बढी कारोबार भएको जनाएको छ।

‘मेलामा १ करोड रुपैयाँको कारोबार हुने अनुमान गरेका थियौँ, १ करोड १७ लाखको कारोबार भयो’, उनले भने, ‘३५ हजार अवलोकनकर्ता आउने अनुमान गरिएकोमा ४० हजार पुगे।’

एसोसिएसनले अहिलेको तिहारमा ४० करोडको फूल बिक्री हुने अनुमान गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad