समाज


श्रीमती हत्याका अभियुक्त बान्तवा रेड नोटिसपछि कतारबाट पक्राउ

श्रीमती हत्याका अभियुक्त बान्तवा रेड नोटिसपछि कतारबाट पक्राउ

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १३:४, काठमाडौँ

कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका भोजपुर साविक युँ गाविस-५ का गजेन्द्र बान्तवा राई पक्राउ परेका छन्।

कतारको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा काराबही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रहरीका अनुसार, झापाको मेचीनगर नगरपालिका-११, धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्यापछि फरार रहेका बान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते रेड नोटिस जारी भएको थियो।

उनी मृतक शर्मिलाका श्रीमान् पनि हुन्।

उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय, धुलाबारी, झापाबाट खटी आएको प्रहरी टोलीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad