पाँच वर्षपछि पहलोपटक औपचारिक वार्तामा बसेका चीन र भारतका शीर्ष नेताहरूले सीमा समस्या समाधानको पहल गर्न मातहतका अधिकारीहरूलाई निर्देशन दिएका छन्।
बुधबार ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा रुसको कजानमा भएको वार्तामा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष प्रतिनिधिका रूपमा रहेका विदेशमन्त्री वाङ यी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई सीमाबारे चाँडो छलफल गर्न निर्देशन दिएका हुन्।
यो वार्तापछि चीन र भारतबीचको सम्बन्धी सामान्य बन्दै जाने अपेक्षा गरिएको छ।
भारतीय विदेशसचिव विक्रम मिश्रीले दुवै देशले सम्बन्ध सामान्यीकरणका लागि कदम चाल्ने बताए।
‘सहमतिहरूले सीमाको तनावलाई कम गर्छ। भारत र चीन एकपटक फेरि अनेक मञ्चमा एकअर्कासँग संवादमा बस्नेछन्,’ उनले भने।
द्विपक्षीय बैठकमा सीले दुई देशले विमतिहरूलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने बताएका थिए।
मोदीले सीमामा शान्ति आफ्नो प्राथमिकताको विषय भएको उल्लेख गरेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया